Banner News

सप्तरीका बाढीपीडितलाई एमालेको सहयोग



काठमाडौँ, २६ असार । नेकपा एमाले ले सप्तरीका बाढीपीडितका लागि राहत सामग्री वितरण गर्न टोली पठाएको छ ।

प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डल र सहसंयोजक नागेन्द्र चौधरीको नेतृत्वमा आज एक टोली त्यसतर्फ गएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

उनका अनुसार ७० थान टेन्ट, ७०० थान त्रिपाल, दुई हजार ४०० थान रेनकोट, ९०० थान झुल, ९०० थान म्याट र ५१ बोरा लत्ताकपडा वितरणका लागि पठाइएको छ । स्थानीय प्रशासनको समन्वयमा पार्टीले बाढीपीडितलाई राहत वितरण गर्ने उनले बताए।

यही असार १६ गतेको वर्षाका कारण सप्तरीका विभिन्न स्थानमा भएको डुबान, कटानले करिब एकहजार ५०० घर डुबानमा परेका थिए । तिरहुत, रुपनी र तिलाठी कोइलाडी गाउँपालिका तथा कञ्चनरुप, राजविराज र सप्तकोशी नगरपालिकाका विभिन्न ठाउँ डुबानमा परेका थिए ।