Banner News

गृहमन्त्री शर्मा श्रीलंका प्रस्थान



काठमाडौँ, २७ असार । गृहमन्त्री जनार्दन शर्मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क का गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज श्रीलंका प्रस्थान गरे ।
श्रीलंका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले सार्कको सुरक्षा चुनौती र सार्क आबद्ध राष्ट्र बीचको सम्बन्धका बारेमा भ्रमणमा छलफल हुने जानकारी दिनुभयो । उनले भने अपराध नियन्त्रणमा कसरी सहजता ल्याउने तथा लागुऔषध, आतङ्कवाद लगायतका समस्याका विषयमा बैठकमा छलफल हुने छ ।

बिहीबारसम्म हुने भ्रमणका क्रममा श्रीलंकाली गृहमन्त्रीसँग छुट्टै भेटवार्ताको कार्यक्रम रहेको मन्त्री शर्माले बताए ।

अर्को प्रसङ्गमा उनले निर्वाचन क्षेत्र निर्धारण आयोग छिट्टै गठन हुने बताए ।

बैठकमा गृहमन्त्री शर्मासँगै गृहसचिव लोकदर्शन रेग्मी र गृह प्रवक्ता दीपक काफ्ले श्रीलंका प्रस्थान गरे ।