Banner News

‘विकेन्द्रीकरण अवार्ड–२०७३’ स्वशासन अध्ययन प्रतिष्ठानलाई



काठमाडौँ, २९ असार । ‘विकेन्द्रीकरण अवार्ड–२०७३’ स्वशासन अध्ययन प्रतिष्ठानलाई आज प्रदान गरिएको छ ।

स्थानीय शासन सञ्चालनको प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति वा संस्थालाई हरेक दुई वर्षमा प्रदान गर्ने उक्त ‘अवार्ड‘ पहिलोपटक प्रदान गरिएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलद्वारा स्थापित उक्त अवार्डको राशि रु तीन लाख रहेका छन् ।

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वीरेन्द्रबहादुर देउलालाई सो अवार्ड प्रदान गरे ।

सो अवसरमा उपप्रधानमन्त्री गच्छदारले विकेन्द्रीकरणको सिद्धान्तलाई व्यवहारिक रुपमा लागू गर्न सक्यौ भने यसले लोकतान्त्रको जगलाई बलियो बनाउने बताउँदै यो अवार्डले नेपालमा विकेन्द्रीकरणको जग बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने कार्यमा मन्त्रालय लागिपरेको छ भने।

प्रतिष्ठानका अध्यक्ष देउलाले स्थानीय स्वशासन प्रवद्र्धनका क्षेत्रमा अझ सशक्त भएर कार्य गर्न यो अवार्डले हौसला प्रदान गरेको बताए ।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको संयोजकत्वमा गठित सिफारिस समितिले स्थानीय शासन सञ्चालन तथा व्यवस्थापनका क्षेत्रमा टेवा पु¥याउने विभिन्न सूचकका आधारमा प्रतिष्ठानलाई अवार्डका लागि छनोट गरिएको हो ।