धनगढी, ४ साउन । दासताको जन्जिरबाट मुक्त भएको १७ वर्ष पुगे पनि कैलालीलगायत तराईका पाँच जिल्लाका मुक्त कमैयाहरुको वास्तविक पुनःस्थापना अझै हुन सकेको छैन ।
परिचयपत्र पाएका कतिपय मुक्त कमैयालाई बसोबासका लागि सरकारले जग्गा उपलब्ध गराए पनि जीविकोपार्जनको पाटो अझैसम्म दयनीय रहेको छ । उनीहरु ढुक्कसँग बस्न पाएका छन् तर, पेटभर गास पाउन सकेका छैनन् ।
मुक्त कमैया पुनस्र्थापना प्याकेजमा बसोबास र रोजगारीको ग्यारेनटी रहे पनि सरकारले बसोबासका लागि जगगा मात्रै दिएको पुनःस्थापना भएकै मुक्त कमैयाको गुनासो छ ।
तत्कालीन सरकारले २०५७ साउन २ गते कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङका बधुवा मजदुरका रुपमा काम गर्न बाध्य कमैयालाई मुक्त भएको घोषणा गरेको थियो । साउन २ गते सोमबार कमैया मुक्तिको १७ वर्ष पुगेको छ । मुक्तिको डेढ दशक बिते पनि अझै कतिपय मुक्त कमैयाको पुनःस्थापना हुन बाँकी रहेको छ । गोरखापत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्