विश्व

तनाव कम गर्न भारतले चिनियाँ भूभागबाट सेना फिर्ता लानु पर्छ : लु काङ



बेइजिङ चीन, ४ साउन । चिनियाँ भूभागमा सैनिक राखेको दावी गर्दै मङ्गलबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लु काङले भारतद्वारा चिनियाँ भूभागमा राखेका सैनिकलाई फिर्ता लानुपर्ने बताए।

भारतीय सीमा सुरक्षा बल गत जुनदेखि सिक्किम क्षेत्रमा चीनको भूभागमा प्रवेश गरेको र एक महिनापछि पनि उसले सुरक्षाकर्मीलाई फिर्ता नलगेको उनको दावी थियो ।

भारतीय सीमा बलको ‘अतिक्रमण’ले अन्तरराष्ट्रिय समुदायको ध्यान तानेका छ, लुले सञ्चारकर्मीसँगको नियमित अन्तरक्रियामा बताए ।

चीनमा रहेका केही विदेशी कुटनीतिज्ञले घटना ‘दुखद’ र ‘ बुझ्न कठीन’ भएको बताउदै यस बिषयमा चीनबाट प्रमाणित गराउन आग्रह गरेका उनको भनाई थियो ।

लुले थपे, घटनाको उद्देश्य प्रष्ट छ । भारत्ीय सेनाले दुई देशबीच छुट्टयाइएको र आपसी रूपमा चिन्दै आएको सिक्किम क्षेत्रको सिमाना पार गरेको छ ।

भारतलाई अवस्थालाई सहीरूपमा बुझ्न र सुरक्षाकर्मीलाई आफ्नो भूमीबाट हटाउन र तनाव कम गर्न प्रवक्ता लुले आग्रह गरे । सिन्ह्वा