शैक्षिक

एक वृद्धा मृतावस्थामा फेला



पोखरा, ६ साउन । पोखरा लेखनाथ महानगरपालिकाका–१४ स्थित डम्पिङ साइटमा एक वृद्धा मृतावस्थामा फेला परेकी छन् ।

रोल्पा जिल्ला घर भई गस्ती टोलमा डेरा गरी बस्ने करिब ७५ वर्षीया निर्मला बुढामगर बिहीबार मृतावस्थामा भेटिएको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको शवपरीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाई थप अनुसन्धान भइरहेको छ ।