विश्व

ग्रीसमा शक्तिशाली भूकम्प, २ को मृत्यु, थप विवरण आउन बाँकी



डओलोगोस् ग्रीस, ६ साउन । ग्रीसको द्वीपीय क्षेत्र अर्थात ग्रीस र टर्कीको विदा मनाउने गन्तब्यको रुपमा रहेको स्थान कोस द्वीपमा शक्तिशाली भूकम्प गएको समाचार छ ।

शुक्रबार आएको ६।७ म्यानिच्युड मापन गरिएको यस भूकम्पमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक सय भदा बढी घाइते भएका छन् ।

यसमा परी मृत्यु भएका दुवै नागरिक विदेशी भएको बताइएको छ । अरु कैयौँ घाइते नागरिकको उद्वार जारी छ ।

टर्कीको प्रमुख रिसोर्ट बोदरुमबाट १०ं३ किलोमिटर दक्षिणमा पर्ने सो स्थानमा यस भूकम्पको केन्द्र विन्दु रहेको बताइएको छ ।

यस भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक सय भन्दा बढी घाइते भएका कोसस्थित अस्पतालका एक अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

गत जुन महिनामा पनि ग्रीसको सो द्वीपमा रहेको लेसबोसमा भूकम्प गएको थियो । ६।३ म्यानिच्युडको सो भूकम्पमा परी एक महिलाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका थिए । एएफपी