सम्पादकीय

अझै अपुग छ ४० हजार प्रहरी



काठमाडौं, ८ साउन । नेपाल प्रहरीले संघीयता कार्यान्वयन गर्न ४० हजार जनशक्ति थप्न प्रस्ताव गरेको छ ।

संघीयता अवधारणअनुसार प्रहरी संरचना विस्तार गर्न तत्काल प्रहरी जनशक्ति १ लाख १० हजार भन्दा बढी आवश्यक पर्ने भन्दै प्रहरी मुख्यालयले थप ४० हजार अधिकृत तथा जवान अपुग हुने जनाइएको हो ।

प्रहरी मुख्यालयसहित हाल महानगरीय प्रहरी, प्रहरी प्रशिक्षण प्रतिष्ठान, प्रहरी अस्पताल र पाँच क्षेत्रीय प्रहरी कार्यालय अन्तर्गत ७२ हजार जनशक्ति कार्यरत छन् ।

नेपाली सेना र सशस्त्र प्रहरी बल केन्द्रीकृत संरचनामा आधारीत भएर पनि अहिले विगतमा लागू भएका विकास क्षेत्र, अञ्चल र जिल्लाअन्तर्गतको प्रशासनिक क्षेत्रअनुसार नै जनशक्ति व्यवस्थापन गर्दै आएका छन् । कारोबारमा समाचार छ ।