बैतडी, ९ साउन । पाटन नगरपालिका–८ खोड्पेस्थित सिद्धेश्वर स्वास्थ्य चौकीको भित्तामा नागरिक बडापत्रसँगै एउटा फरक खाले सूची देखिन्छ । त्यो हो, ‘स्वास्थ्य चौकी नआए घरमै सुत्केरी गराउनेको तीनपुस्ते विवरण’ । जहाँ ठूला अक्षरमा लेखिएका छन, घरमै सुत्केरी गराउने महिला, पति र ससुरा बाबुको नाम तथा ठेगाना साथमा सुत्केरी भएको मिति पनि ।
प्रायः स्वास्थ्य संस्थामा आफूकहाँ प्रसूति सेवा लिदनेको विवरण अद्यावधिक गरिन्छ, तर यहाँ भने उल्टो छ । ‘प्रस्तूतिका लागि स्वास्थय संस्थामै आउने संस्कार विकास गर्न यस्तो उपाय अपनाइएको हो,’ स्वास्थ्य चौकी प्रमुख मदनसिंह महराले भने, तीनपुस्ते विवरण सार्वजनिक गर्न थालिएपछि सामाजिक मर्यादामा आँच आउने डरले स्वास्थ्य संस्थामै सुत्केरी हुन आउनेको संख्या बढेको छ ।’कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्