सम्पादकीय

केसीको ११ औँ पटकको अनशनको माग यस्तो छ



काठमाडौं, ९ साउन । सरकारले आफूसँग गरेको सम्झौताअनुसार काम नगरेको भन्दै इन्स्टिच्युट अफ मेडिसिनका प्रध्यापक डा.गोविन्द केसीले फेरि अनशन बस्ने घोषणा गरेका छन् । सोमबारदेखि बस्ने भनिएको उनको यस पटकको अनशन ११ औँ पटकको हुने छ ।

आफूसँग विगतमा भएका सम्झौता सरकार र राजनीतिक दलले बारम्बार उल्लंघन गरेर गैरजिम्मेवारी प्रस्तुत गरेको र चिकित्सा शिक्षा ऐनको विधेयक संसदबाट एक वर्ष पुगिसक्दा पनि पारित नगरेको भन्दै उनले अनशनको घोषणा गरेका हुन् ।

उनले विधेयक पारित नहुनुमा निजी मेडिकल कलेज खोलेर व्यापार गर्न उद्यत प्रमुख दलका शीर्ष नेता तथा स्वार्थको द्वन्दमा फसेका सांसद मुख्य जिम्मेवार रहेको आरोप लगाए । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।