मोरङ, ९ साउन । मोरङको मिक्लाजुङ गाउँपालिका ६ बेतिनीका गोपाल हुमागाईंको नाममा भएको जग्गामाथिबाट आहिले सुनसरी–बक्राहा खोलो बगिरहेको छ ।
खोलामा गत वर्षको असार ६ गते राति आएको बाढीले हुमागाईँ परिवारका बिल्लीबाठ बनाउँदै नम्बरी जमिनलाई बाटो बनाएर खोलो बगिरहेको छ । घर र सबै जग्गा जमिन बगाएर खोलाले सुकुम्बासी बनाइदिएपछि चारजनाको परिवार मिक्लुङ सामुदायिक वनको खुला चउरमा टहरामुनि बसिरहेको छ ।
‘भएको सबै जग्गा जमिन बगाएर खोलो अहिले त्यहाँबाट बगिरहेको छ’ उनले भने, ‘हामी भने सकुमबासी भएर चउरमा समय बिताइरहेका छौँ ।’
खोलाले बसास्थान उडाइदिएपछि परिवारको कन्तबिजोग भएको गुनासो हुमागाईँको छ । ज्याला मजदुरी र बनिबुतो गरेर भएको कमाइले अहिलेसम्म सास अल्झाउन सकेको बताउँदै हुमागाईँले बाढीका कारण विस्थापित भएका सबैको कन्तबिजोग अवस्थामा रहेको जानकारी दिए । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्