राजनीति

संविधान संशोधन नभई चुनावमा जान्नाँ: ठाकुर



भक्तपुर, १० साउन । राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभई आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी नहुने बताए ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले संविधान संशोधन आफूहरुको प्रमुख कार्यसूची भएकाले त्यसको पूर्णताविना यही अबस्थामा निर्वाचनमा सहभागी हुँदैनौँ भने । ठाकुरले भने सरकारले जहिले पनि स्पष्ट व्यवहार देखाउन सकेन, सरकारले आफूले गरेको वाचा पूरा नगर्दा समस्या सुल्झिनुभन्दा झनै बल्झँदै गयो ।
तराई आन्दोलनमा घाइतेको उपचार र कारागारमा भएकाहरुलाई तत्काल रिहा गर्नुपर्ने तर्फ सरकारले ध्यान नदिएको आरोप लगाए।