काठमाडौं, १२ साउन । बुधबार शेयर बजारमा बीमा सूचक परिसूचक उच्च दरले बढेको छ । यस समूहको सबै कम्पनीहरुको शेयर मूल्य उच्च दरले बढ्नाले यस समूहको परिसूचक बढ्नमा टेवा पुगेको छ ।
कम्पनीहरुले आव २०७३/७४ को चौथो वित्तीय विवरण प्रकाशित गरिरहेको नाफामूलक विवरण देखिएकाले ती कम्पनीले राम्रो प्रतिफल दिने अनुमानले लगानीकर्ताहरु शेयरप्रति आकर्षित भएका हुन् । नेप्से परिसूचक शून्य दशमलव ५४ प्रतिशत बढेको छ । कारोबार सुरु भएदेखि उकालो लागेको नेप्से परिसूचक अन्त्यमा हरियो भएर बजार बन्द भएको छ ।
यस दिन नेप्से ८ दशमलव ८४ अंकले बढेर १ हजार ६ सय ४५ दलशमलव शून्य बिन्दुमा पुगेर टुंगिएको हो । कारोबारमा आएका ८ समूहमध्ये ६ समूहको परिसूचक बढेको छ । आर्थिक अभियानमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्