Banner News

राजपाले कांग्रेसको खराब दाउपेच समयमै नबुझ्दा समस्यामाः ओली



काठमाडौं,१३ साउन । साताव्यापी चीनको तिब्बत भ्रमण सकेर स्वदेश फर्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले राष्ट्रिय जनता पार्टी राजपा लार्इ सिध्याएको आरोप लगाउनु भएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले यस्तो आरोप लगाउनुभएको हो । ुराजपाका माग पुरा पनि नगर्ने, प्रभावकारी छलफल पनि नगर्ने, सधैँ दमन मात्र गर्ने कांग्रेसको खराब दाउपेच राजपाले समयमै नबुझ्दा समस्या भयोु, उहाँले भन्नुभयो ।

ओलीले कांग्रेसको दाउपेचले मुलुक सधैँ अस्थिर रहन नसक्ने बताउनुभयो । ‘मुलुकमा सधैँ राजनीतिक अस्थिरता रहन सक्दैनु, उहाँले थप्नुभयो, ुयो समयमा कांग्रेसले दाउपेच नहेरी छलफलबाट समस्या समाधान गर्न लाग्नुपर्छ ।’

उहाँले असोज २ गते हुने २ नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनमा राजपा जसरी पनि सहभागी हुनैपर्ने बताउनुभयो । ुअहिले कांग्रेसको चाहना भनेको राजपालाई बाहिर राख्ने नै हो । यस्तो नगर्न म उहाँहरुलाई आग्रह गर्दछुु, उहाँले भन्नुभयो, ुकांग्रेसले दमन गरेको थाहा नपाउने र सधैँ एमालेको विरोध गर्नाले राजपालाई नोक्सान हुँदैछ।ु

पत्रकार सम्मेलनमा माघ सात गते भित्र तीनै चरणको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगलाई उहाँले आग्रह गर्नुभयो ।
संविधान कार्यान्वयनका लागि धेरै समय नभएकाले संकट निम्तन नदिन सबै सजग हुनुपर्ने उहाँको धारणा थियो । ‘हामीसँग धेरै समय छैन । समयमै निर्वाचन नगरेमा संवैधानीक संकट निम्तन सक्छ, यस्तो हुन दिनुहुन्न ।’