सम्पादकीय

दाहालकै योजनामा ‘मधेस एक प्रदेश’



काठमाडौं, १४ साउन । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकै सहमतिमा समग्र मधेस एक स्वयत्त प्रदेशको एजेन्डा ब्युँत्याइएको खुलेको छ ।
दाहालकै सहमतिमा आफूहरुले पुनः ‘समग्र मधेस एक स्वयत्त प्रदेश’ र बहुराष्ट्रिय’ को एजेन्डा उठाएको माआवेवादी कन्द्रकै एक नेताले स्पष्ट पारेका छन् ।

संविधान संशोधनमार्फत समग्र मधेस एक स्वयत्त प्रदेश र बहुराष्ट्रियताको एजेन्डा पूरा गर्नुपर्ने भन्दै माओवादी केन्द्रका साथै केही मधेस केन्द्रित दलका नेता लागिपरेका छन् ।

माओवादी केन्द्रका नेता मात्रिका यादवको अगुवाइमा अभियान सुरु भइसकेको छ । माओवादी केन्द्रका नेता भरत साहले पार्टी अध्यक्ष दाहालको सहमतिमै यो एजेन्डा उठाएको बताए । राजधानीमा समाचार छ ।