सम्पादकीय

क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिटो तयार गर’



काठमाडौं, १६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन क्षेत्र निर्धारण आयोगलाई समयमै प्रतिवेदन तयार गर्न आग्रह गरेका छन । उनले त्यसका लागि सरकारले आयोगलाई आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन ।

साउन मसान्तसम्मको समयसीमा पाएको आयोग पदाधिकारीहरूसँग आइतबार भएको छलफलमा प्रधानमन्त्री देउवाले आयोगलाई आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउन चौबीसै घन्टा सरकार तयार भएको बताएका प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले आगामी माघ ७ गतेभित्र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने भएकाले त्यसलाई सहज बनाउन निर्धा्रित समयमा नै आयोगले प्रतिवेदन बुझाउने विश्वास व्यक्त गरे । २१ दिनको कार्यवधि पाएको आयोगले यही साउन ११ गतेदेखि औपचारिक रूपमा काम सुरु गरेको छ ।

आइतबार नै आयोगका पदाधिकारीहरूले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन । आयोगले निर्वाचन क्षेत्र निर्धारण कार्यलाई विवादरहित बनाउन राजनीतिक दलका नेताहरूसँग छलफल गरेको हो । गोरखापत्रमा समाचार छ ।