Banner News

यस कारण रोक्नु भयोः प्रधानमन्त्रीले महान्यायाधिवक्ता रमण श्रेष्ठलाई



काठमाडौं, १७ साउन ।भरतपुर प्रकरण सर्वोच्च अदालतबाट टुंगो लागेपछि महान्यायाधिवक्ता पदबाट राजीनामा दिन जानु भएका महान्यायाधिवक्ता रमण श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ‘केही समय पर्खन’ भन्दै फर्काउनु भएको छ । अघिल्लै सरकारका महान्यायाधिवक्ता भए पनि श्रेष्ठले आफ्ना केही मुद्दा सर्वोच्चबाट निर्णय गराउनु परेको भन्दै महान्यायाधिवक्ताको पद छोड्नु भएको थिएन ।

महान्यायाधिवक्ता श्रेष्ठ त्यस्ता ब्यक्ति हुनुहुन्छ निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीसमक्षा आफू अनुकुलको बेन्च गठन र मुद्दा फैसलाका लागि बारम्बार दवाव दिनुहुन्थ्यो । तत्कालीन प्रधानन्यायाधीश कार्कीले सरकारले भनेअनुसार फैसला नगरेपछि महाभियोगको डिजाइनर पनि रमण श्रेष्ठ नै हुनुहुन्थ्यो । महाभियोगले सत्तारुढ दल कांग्रेस र माओवादी ज्यादै बदनाम भएपछि फिर्ता लिएइको थियो र त्यस विषयमा प्रधानमन्त्री देउवालाई बीबीसी नेपाली सेवाको साझा सवालमा सोधिएको प्रश्नको जवाफ दिंदा देउवाले ‘केही न केही सहमति भएर महाभियोग फिर्ता लिएको वताउनु भएको थियो ।

सर्वोच्चमा बेन्च सपिङ गर्ने, ठूला मुद्दामा भनेअनुसार फैसला गराउन सक्रिय रहने पात्रमध्ये सबैभन्दा अग्रणी मानिनुहुन्छ रमण । सो कुरा प्रधानन्यायाधीश सुशीला कार्कीले बीबीसीकै साझा सवाल कार्यक्रममा खुलासा गर्नुभएको थियो । माओवादीका नेता समेत रहनु भएका श्रेष्ठलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो ।