Banner News

कांग्रेस र माओवादीले राजपालाई एमालेविरुद्ध उपयोग गर्दै आएका छन्ः योगेश



जनकपुर, १९ साउन । नेकपा एमाले का केन्द्रीय सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेपाली काँगे्रस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टीलाई एमालेविरुद्ध उपयोग गरिरहेको आरोप लगाए ।

जनकपुरमा आज पत्रकार भेटमा उनले संविधान संशोधनका बारेमा बसेर कुरा गर्न एमाले तयार भए पनि राष्ट्रिय जनता पार्टी टाढा बस्नु चिन्ताको विषय हो भन्दै राजपाको जनमत चुनावबाट नै जोगिन सक्छ भने ।
एक प्रसंगमा उनले टोपी र धोतीको एकताबाट नेपाली राष्ट्रियता बनेको छ भने ।

भारतले कतिपय सवालमा हेप्ने प्रवृत्ति राखेको र सोबारेमा एमालेले ध्यानाकर्षण गराउँदा एमालेलाई भारत विरोधी भनी आरोपित गर्नु न्यायसंगत नभएको उनले प्स्ट पारे।