कपिलवस्तु, २१ साउन । वाणगंगा–४ डुंगाकी ३६ वर्षीया कमला पौडेल पाठेघर क्यान्सर उपचार सहयोगका लागि याचना गरिरहेकी छन् । उनका श्रीमान् नीलकण्ठ पौडेल भने साउदी जेलमा छन् ।
आर्थिक अभावका कारण वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएका नीलकण्ठ त्यहाँ पुगेको दुई दिनमै जेल परे । सात महिनाअघि साउदी गएका उनलाई नेपाल झिकाउन कसैले पहलसमेत गरेका छैनन् ।
कमलालाई ‘श्रीमान् कुन कम्पनीबाट गएका हुन् ?’ भन्ने जानकारीसमेत छैन । नेपाल फिर्ता गराउन पहल गर्न सरकारसँग अनुरोध गरे पनि सुनवाई नभएको उनको गुनासो छ । श्रीमान विदेशी जेलमा हुनुको पीडामाथि पाठेघर क्यान्सरले उनलाई झनै थलाएको छ । राजधानीमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्