सम्पादकीय

मुलुकभर पुग्यो ‘इलामे अलैँची’



इलाम, २२ साउन । नगदे बालीको खेतीबाट जीवनस्तर उठाइरहेका इलामे किसान देशभरका लागि प्रेरणासमेत बनिरहेका छन् । इलामको मुख्य नगदेबाली अलैँचीबाट इलामका किसानको आर्थिक फडरको मारेको देखेरसुनेपछि देशका अन्य जिल्लाबाट इलामका किसानबाट खेती प्रविधि सिक्ने र यहाँ उत्पादन र प्रयोग गरेको बीउ लैजानेको सङरख्या बर्सेनि बढरदै गइरहेको छ ।

इलामको फिक्कलमा रहेको देशकै एक मात्र अलैँची विकास केन्द्रले दानाबाट उत्पादन गरेको अलैँचीको बिरुवा कृषि विकास कार्यालयमार्फत देशका विभिन्न जिल्लाका किसानले मन पराएको कृषि विकास कार्यालय, इलामले जनाएको छ ।

इलाममा उत्पादन भएको अलैँचीको बिरुवा इलामबाहेक पाँचथर, ताप्लेजुङ, धनकुटा, उदयपुर, खोटाङ, सङरखुवासभा, अछाम, रोल्पा, डोल्पा, गोर्खा, नुवाकोट, दैलेखलगायत देशका १४ जिल्लामा गइरहेको अलैँची विकास केन्द्र फिक्कलका प्रमुख पदम अधिकारीले जानकारी दिए ।

केन्द्रबाहेक इलाममा जिर्मले, शान्तिपुरलगायतका किसान आफैँले समेत बिरुवा उत्पादन गरी बेच्ने गरेको जानकारी दिँदै प्रमुख अधिकारीले भने, यो वर्ष खोटाङ र उदयपुरमा सबैभन्दा बढी बिरुवा गएको छ । धेरैजसो किसानले सिधै टेलिफोन गरेर बिरुवा अर्डर गर्ने गरेको जनाउँदै अधिकारी भन्नुहुन्छ, इलामको अलैँची अहिले देशभरजसो पुग्ने क्रममा छ ।

आफूहरूले उत्पादन गरेको बिरुवा सबै किसानलाई पु¥याउन नसक्ने अवस्था रहे पनि यो वर्ष बिरुवाको माग केही कम भएको अधिकारीले बताए । केन्द्रले यो वर्ष असार महिनादेखि नै किसानलाई बिरुवा उपलब्ध गराइरहेको छ । केन्द्रले उत्पादन गरेको पाँच लाख रोगरहित बिरुवामध्ये तीन लाख जति बिरुवा बिक्री भइसकेको र बाँकी बिक्रीकै क्रममा रहेको अधिकारीले बताए । गोरखपत्रमा साचार छ ।