काठमाडौ,२४ साउन। राष्ट्रिय जनता पार्टी नेपालले यथास्थितिमा निर्वाचनमा भाग नलिने अडान दोहो¥याएको छ । काठमाडौंमा बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकले यथास्थितिमा निर्वाचनमा भाग लिन नसकिने पार्टीको पुरानै अडान दोहो¥याएको हो ।
यथास्थितिमा निर्वाचनमा नजाने अडानसहित पार्टीको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरिएको नेता राजेन्द्र महतोले जानकारी दिनुभयो । पार्टीले आफूहरुको माग अनुसार संविधान संशोधन हुनुपर्ने, मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग सम्बोधन नभई निर्वाचनमा जान नसकिने अडान लिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्