Banner News

राजनीतिक अभियानमा जनसहभागिता असाधारण–अध्यक्ष ओली



बनियानी झापा, २५ साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तीनवटै तहको निर्वाचन सम्पन्न गरेर मुलुकलाई शान्ति, समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले भद्रपुर नगर कमिटीले आज यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले संविधान कार्यान्वयन र प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्वाचन निर्धारित समयमै हुनुपर्ने बताए ।

‘एमाले मंसिरको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा छ’, उनले भने, नभए पनि माघभित्र निर्वाचन गर्नैपर्छ, नत्र मुलुक ठूलो राजनीतिक र संवैधानिक संकटमा फस्छ

स्थानीय तह निर्वाचनमा जनसहभागिता असाधारण भएको चर्चा गर्दैै अध्यक्ष ओलीले भने, राजनीतिक अभियानमा जनताको उत्साहजनक सहभागिता देखिएको छ, यो साधारण कुरा होइन ।

आन्दोलनका क्रममा केही समस्या र मतभेद् हुने बताउँदै उनले जनताको सचेत दबाबले मुलुक अघि बढेको उल्लेख गरे । ‘नेपाललाई अघि बढ्न नदिन धेरै अवरोध भए, उनले भने, नेपाली जनता त्यसलाई छिचोलेर अगाडि बढेका छन् ।

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र देश र जनताको पक्षमा नरहेको दाबी गर्दै उहाँले भने, एमाले बहुमतमा भएको भए मुलुकले अहिलेसम्म आर्थिक समृद्धि हासिल गरिसक्थ्यो ।