सम्पादकीय

चीनलाई गैंडा दिन यस्तो समस्या



काठमाडौं, २६ साउन । सरकारले चीनलाई गैंडा दिन नपाउने भएको छ। संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियमन तथा नियन्त्रण गर्न बनेको ऐन २०७४ ले गैंडा दिन रोक लागेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले सरकारी निर्णयअनुसार चीनलाई दुई जोडी एकसिंगे गैंडा दिन सम्झौता भइसकेको बताए ।

एक आर्थिक वर्षमा बढीमा एक जोडीसम्म मात्र दिन पाइने प्रावधान भएकाले एकैपटक चीनलाई दुई जोडी गैंडा दिन कानुनी समस्या उत्पन्न भएको हो । एकै पटक दुई जोडी गैंडा चीनलाई दिए नेपाल साइटिसको कारबाहीमा पर्न सक्छ।  अन्नपूर्ण पोस्टमा समाचार छ ।