सम्पादकीय

नौ स्थानीय तह थपिँदै



काठमाडौँ, २८ साउन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश २ मा ९ वटा स्थानीय तह थप्ने गृहकार्य अघि बढाएको छ । यो संख्या थपिएपछि देशभरका स्थानीय तहको संख्या ७ सय ४४ बाट बढेर ७ सय ५३ हुनेछ ।

मन्त्रालयका सचिव दिनेश थपलियाले नयाँ थपिने स्थानीय तहको कायैलय, कर्मचारी र स्रोत व्यवस्थापन लगायतका काम थालिएको जानकारी दिए ।

स्थानीय तहको संख्या वृद्धि गर्नुपर्ने राष्ट्रिय जनता पार्टीको मागबमोजिम सरकारले जेठ ८ मा तराइका १२ जिल्लामा २३ वटा स्थानीय तह थप्ने, साविकको एउटा गाउँपालिकालाई वीरगन्ज गाभ्ने तथा २४ वटा
गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो ।

दोस्रो चरणको निर्वाचनपूर्व गरिएको उक्त निर्णयविरुद्ध परेको रिट सर्वोच्चले जेठ १२ मा संख्या नथप्न अनतरिक आदेश जारी गरेपछि कार्यान्वयन हुन सकेको थिएन । कान्तिपुरमा समाचार छ ।