मुस्ताङ, २९ साउन । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले शनिबार जोमसोममा हावाबाट उत्पादन भएको बिजुली प्रविधिको उद्घाटन गरको छन् । मुस्ताङ प्रहरी कार्यालय परिसरका हावाबाट बिजुली बाल्न प्रयोग भएको मेसिनको मेन स्विच अन गरेर उनले उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि उनले आफ्नो भनाइलाई ‘हावामा उडाउने डहरुले मुस्ताङमा आएर हावाबाट चम्किलो उज्यालो दिएको बिजुली हेर्न अनुरोध गरे ।
‘मेरो पैधानमन्त्रीकालमा मैले नसक्ने कुरा कहिल्यै गरिनँ अबुझहरुले बुझेनन, बुझ्नेहरुले बुझ पचाइदिए,’ उनले भने, हावाबाट बल्यो त बिजुली । यो सम्भव विषय थियो र मैले बोलेको थिएँ ।’
मुस्ताङ मात्रै होइन, नवलपरासी र हेटौंडामा पनि हावाबाट बिजुली बालेर प्रमाणित भइसकेको उनले बताए । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्