बाँके, २९ साउन । बिहानपख ओछ्यानमै राप्ती नदी पसेपछि ब्युँझिएकी बाँके बेतहनियाकी गुड्डुदेवी केवड शनिबार दिनभर पनि डरले डरले थरथराइरहेकी थिइन । उनलाई कहाँ बस्ने, के खाने भन्ने चिन्ताले सताएको छ ।
घरमा रहेका सबै खानेकुरा हिलाम्मे भएको छ । लत्ताकपडा पनि हलिामै पुरिएको छ । घरबाट केही सरसामान निकालेर उनी सडकमै बसिरहेकी छन् । ‘सबैको घरमा नदी पसेको छ,’ उनले भनिन, ‘बिहानपख नदी पस्यो रातिमा भइदिएको भए त हामी सबै मर्ने थियौं, ।’
सुक्रबार रातिदेखि बाक्लिएको मनसुनका कारण राप्ती नदी तटीय क्षेत्रका हजारौं अहिले यस्तै त्रासमा छन् ।अन्नपूर्ण पोस्ट्मा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्