सम्पादकीय

भदौ दोस्रो सातादेखि सुपथ पसल



काठमाडौं, २९ साउन । सरकारले दशैं–तिहार र छठलाई लक्षित गरी आगामी भदौको दोस्रो सातादेखि उपत्यकामा सुपथ मुल्य पसल सञ्चालन गर्ने भएको छ ।

चाडपर्वमा सर्वसाधारण उपभोक्तालाई राहत दिने उद्देश्यका साथ आगामी भदौ १६ गतेदेखि दशै बजार अर्थात सहुलियत पसल सञ्चालन गर्ने भएको हो ।

आपूर्तिमन्त्री शिवकुमार मण्डलको अध्यक्षतामा सम्बन्धित निकायको सहभागीतामा सुक्रबार बसेको बैठकले आगामी भदौ १६ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।

मन्त्रालयकी उपसचिव उर्मिला केसीले चाडपर्वमा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको जानकारी दिइन् । प्रत्येक वर्ष झै यो वर्ष पनि चाडपर्वमा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको उनको भनाई छ । कारोबारमा समाचार छ ।