Banner News

एमालेले बाढी प्रभावित क्षेत्रमा युबा संगठन परिचालन गर्ने



काठमाडौँ, २९ साउन । नेकपा एमाले ले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनः व्यवस्थापन गर्नका लागि आफ्ना जनवर्गीय संगठन खटाउने भएको छ ।

आज बसेको बैठकले बाढी प्रभावित तराईका १४ जिल्लामा उद्धार र राहत तथा पुनः स्थापनाका लागि जनवर्गीय संगठन खटाउने निर्णय गरेको एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

समयमै कोशी बाँधका ढोका नखोल्दा पूर्वी तराईमा विकराल समस्या उत्पन्न भएको भन्दै तुरुन्तै कूटनीतिक पहल गरी बाँधका ढोका खोल्न सरकारले पहल गर्न नसकेको सचिव भट्टराइको आरोप छ ।

बैठकले प्रदेश नं २ मा स्थानीय तह निर्वाचन तयारीका लागि आगामी भदौ १० गते काठमाडौँ र भदौ १३ गते धनुषाको जनकपुरमा प्रदेश नं २ स्तरको मोर्चा संगठनको भेला आयोजना गर्ने निर्णय गरेको छ ।