विश्व

पाकिस्तानी राष्ट्रपति र चिनियाँ उप–प्रधानमन्त्रीबीच भेटवार्ता



इस्लामाबाद, ३० साउन । पाकिस्तानका राष्ट्रपति ममनुन हुसेनसँग चिनियाँ उपप्रधानमन्त्री वाङ याङले सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
पाकिस्तानको ७०औं स्वतन्त्रता दिवसका अवसरमा चिनियाँ टोलीनै आएकोमा हुसेनले चीन प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
पाकिस्तान र चीनको सम्बन्ध फलाम जस्तै बलियो भएको बताउदै उहाँले पाकिस्तानको विदेश नीतिका कारण चीन र पाकिस्तानको सम्वन्धमा कुनै समस्या नभएको तर्क गर्नुभयो ।
राष्ट्रपति हुसेनले चीनलाई दुईपक्षीय सहकार्यका हरेक विषय र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय चसोका विषयमा पाकिस्तानले निरन्तर रूपमा सहयोग र समर्थन गर्दै आइरहेको स्मरण गर्नुभयो ।
भेटबार्ताका क्रममा चिनिया उपप्रधानमन्त्री वाङ्ले ६६ बर्ष पुरानो दुई पक्षीय सम्बन्ध बलियो, स्थायी र अरु देशहरूका लागि पनि अनुकरणीय हुने खालको भएको बताउनुभयो ।
उहाँले पाकिस्तानमा आईतबार प्रधानमन्त्री साहिद खाक्वान अब्बासीसँग भेटवार्ता गर्नुभएको थियो । उहाँहरूबीच दुई देशको विविध बिषयमा सहकार्य र आपसी सम्वन्धका बारेमा छलफल भएको थियो । सिन्ह्वा