Banner News

बाढीपीडित भोकभोकै गोदाममै थन्कियो राहत



काठमाडौं, ३१ साउन । बाढी र पहिरोका कारण सर्वसाधारण घरवारविहीन भई भोकभोकै बस्नुपरेको अवस्थामा आपूर्ति मन्त्रालयले पीडितका लागि तयार गरेको ‘राहत प्याकेज’ भने गोदाममै थन्किएको छ ।

प्रभावित जिल्लाका दैवीप्रकोप समितिबाट माग नआएको भन्दै मन्त्रालयले राहत प्याकेज विभिन्न स्थानमा रहेका खाद्य संस्थान र साल्ट टे«डिङका गोदाममा थन्क्याएको हो । ‘बाढीपीडितलाई तत्काल राहत सामग्री उपलब्ध गराउन आइतबारै प्याकेज तयार गर्यो तर प्रभावित जिल्लाका जिल्ला दैवीप्रकोप समितिबाट माग नै आएन,’ मन्त्रालयका सचिव प्रेम राईले भने ।

सचिव राईका अनुसार मन्त्रालयले बाढीबाट प्रभावित ५० हजार परिवारलाई वितरण गर्न चामल, सिमी दाल, नुन र खानेतेलसहितको ‘राहत प्याकेज’ बनाएको छ ।