काठकाडौ,३ भदौ । नेपाली कांग्रेस र माओवादी भित्र पत्रकारको यति खडेरी परेछ त्यसकारण हेडक्वटरको कि पोलिट्ब्य्रोको मान्छेलाई पत्रकार महासंघको चुनावमा काजमा खटाईयो। अव पत्रकारहरुका बीचमा एउटा प्रश्न आएको छ अव महासंघमा नेतालाई भोट हाल्ने कि पत्रकारलाई भोट हाल्ने ।
पोलिटब्युरो त एमालेसग छ अरुसंग पनि होलान् । हामी पनि योगेश भट्टराईजीलाई उम्मेद्वार बनाउन सक्थ्यौ।
बालुवटारमा नेपाली कांग्रेस र माओवादीले बैठक बसेर फलानो उम्मेदवार भनेर तपाईहरुलाई निदर््शन दियो। अव तपाईहरु त्यसैलाई मान्नुहुन्छ भने पत्रकारको आईडि कार्ड झुण्ड्याउनु बेकार हुन्छ। सवाल तीर्थ कोइरालाको प्यानलले जित्ने हार्नेसंग छैन सबाल पत्रकारीताले जित्ने कि हार्ने भन्नेमा छ। उहाँहरुले पनि भन्नुहोला गठबन्धन हामीले पनि गरेका छौ भनेर। गठबन्धन किन र कस्का लागि । सबै गठबन्धन पबित्र पनि हुदैनन् अपवित्र पनि हुदैनन्। पत्रकारलाई अस्विकार गर्ने, अव महासंघमा नेतृत्व गर्ने पत्रकार छैन भन्ने कुरालाई मान्यता दिने हो अवरु हेर्दा हेर्दै नेपाली कांग्रेस कहा पुग्यो उम्मेदवार नै छैन।
शेरबहादुर जीलाई सोध्न चाहन्छु तपाईको प्रजातन्त्रको परिभाषामा प्रेस स्वतन्त्रको परिभाषामा पत्रकार महासंघको परिभाषमा कहिले देखि पोलिटब्युरो सदस्य हुन थाल्योरु प्रचण्डजीलाई त प्रश्न पनि सोध्न चाहन्न। सोध्नु बेकार छ। उहालाई त गोल्डेन चान्स परेको छ। बम्पर । पोलिटब्युरो सदस्य पत्रकार महासंघको सभापति । कांध थाप्ने अर्को भेटियो म बोक्छु भन्ने । तपाईहरुले त्यस्तो कुरा बुझर पत्रकार महासंघ बनाउनु होला। यसलाई महासंघ बनाउन नखोजेर अर्कै चिज बनाउन खोजिएको छ। आवरणमा पत्रकार महासंघ हुने यथार्थमा नहुने प्रयास भईरहेको छ।
प्रतिक्रिया दिनुहोस्