पर्यटन

पाँच हजार केजी फोहर व्यवस्थापन



रसुवा, ४ भदौ । गोसाइँकुण्ड क्षेत्रको वातावरण स्वच्छ पार्ने उद्देश्यले गत हप्तादेखि शुरु गरिएको सरसफाइ सम्पन्न भएको छ ।

सरसफाइ अभियानकर्मी चन्दनबारी निवासी सुब्बा लामाका अनुसार धार्मिक मार्गको धुञ्चे नजिक तिवारीबगरदेखि गोसाइँकुण्डसम्मको सातकोश दूरी क्षेत्रमा यात्रुले यत्रतत्र फालेका फोहर संकलन गरी व्यवस्थापन गरिएको हो ।

धार्मिक मार्गमा जुसका बट्टा तथा बिस्कुट र चाउचाउका खोल बढी मात्रामा भेटिएको तथा कुण्डका आसपासमा मानिसका करिब १५ हजार वस्त्र पाइएको छ ।

बाहै्र महिना यात्रुको आगमन भए पनि सफाइ अभियान वर्षको एक पटक हुने गरेको बताइएको छ । सरसफाइबाट संकलित करिब पाँच हजार केजी फोहर सुरक्षित ठाउँमा व्यवस्थापन गरिएको लामाले जानकारी दिए ।