Banner News

पत्रकार महासङ्घको मतगणना प्रज्ञा–प्रतिष्ठानमा नै केही बेरमा शूरु हुँदै



 

काठमाडौं,५ भदौ । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि सुरु भएको मतदान सम्पन्न भएको छ ।

निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले एक हजार पाँच सय ८ मतदातामध्ये ४ बजेसम्म भएको मतदानमा कूल एक हजार चार सय ४९ मत खसेको जानकारी दिनुभयो ।

प्रत्येक प्रदेशको छुट्टाछुट्टै ठाउँमा मतदान भएको थियो । पैँतालीस सदस्यीय कार्यसमिति र तीन लेखा समितिसहित ५० सदस्यका लागि मतदान भएको हो ।

महासंघको नयाँ नेतृत्वका लागि अध्यक्षमा तीर्थ कोइराला, गोविन्द आचार्य, उजिर मगर, इन्द्र राउत र भावना विद्रोही प्रतिस्पर्धामा हुुनुहुन्छ ।

पहिले महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा मतगणना हुने भनिए पनि केही बेरमा मतदानस्थल नेपाल प्रज्ञा–प्रतिष्ठानमा नै हुने संयोजक खनालले बताउनुभयो ।