सम्पादकीय

भ्रष्टाचारीलाई निर्वाचनमा लड्न दिन दबाब



काठमाडौं, ६ भदौ । व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिमा छलफलका लागि पठाएका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी दुइ विधेयकमा भ्रष्टाचारीलार्य निर्वाचनमा लड्न पाउनु पर्ने व्यवस्था राख्न दबाब परेको छ ।

भ्रष्टाचारको दोषी व्यक्तिले कैद सजाय भुक्तान गरेको मितिले तीन वर्षपछि निर्वाचनमा भाग लिन पाउने व्यवस्था राख्नुपर्ने कांग्रेस नेतृत्वको दबाबका कारण राज्यव्यवस्था समितिको बैठक दुई सातादेखि स्थगित भएको छ । यो बिषयले अहिले कांग्रेसभित्रै विवाद सिर्जना गरेको छ ।

राज्यव्यवस्था समितिका सदस्य आनन्दप्रसाद ढुंगानासहित १९ जनाले भ्रष्टाचारको आरोपमा सजाय पाई कैद सजाय भोगिसकेको मितिले तीन वर्षपछि निर्वाचनमा भाग निल पाइने व्यवस्था राख्नुपर्ने भन्दै दुइवटै विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका थिए । नागरिकमा समाचार छ ।