काठमाडौं, ६ भदौ । नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्वमा गोविन्द आचार्य विजयी हुनु भएको छ । आचार्य ७ सय ३२ मत प्राप्त गरी निर्वाचित भएका हुन ।
सेन्टरका आचार्यले प्रेस युनियनसँगको गठबन्धनमा उम्मेदवारी दिएका थिए । प्रेस चौतारी प्यानलबाट उम्मेदवारी दिनु भएका तीर्थ कोइरालाले ४५ मत कम प्राप्त गरेका छन । अध्यक्षका अर्का उम्मेदवार उजीर मगरले ५४, क्रान्तिकारी पत्रकार महासंघका इन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत प्राप्त गरेका छन ।
यस्तै, पदाधिकारीमा सबै आचार्य प्यानलकै विजयी भएको छ । खुल्ला उपाध्यक्षमा विपुल पोखरेले ७ सय ९६ मत प्राप्त गरी विजयी भएका छन । उपाध्यक्षका प्रत्यासी चौतारीका मात्रिका पौडेलले ६ सय २ मत प्राप्त गरेका छन ।
समावेशी सचिवमा दीलिप थापामगर ८ सय ५९ मत प्राप्त गरी विजयी भएका छन । महेश दास ५ सय ५४ मत प्राप्त गरेका छनछ । महासचिवमा रमेश विष्ट ७ सय ५१ मत प्राप्त गरी विजयी भएका छन । महासचिवमा प्रत्यासी चौतारीका बालकृष्ण बस्नेतले ६ सय ७१ मत प्राप्त गरेका छन ।
यसैगरी, खुल्ला सचिवमा रामप्रसाद दाहाल ७ सय ४३ मत प्राप्त गरी विजयी भएका छन । सचिवमा प्रष्पिर्धी रुद्रप्रसाद भट्टले ४ सय ३६ र दीपेन्द्र कुवँरले १ सय ६६ मत प्राप्त गरेका छन ।
महिला सचिवमा लक्ष्मी पुन ७ सय ८० मत प्राप्त गरी विजयी हुनु भएको छ भने आदिवासी सचिवमा उदय जीएम ७ सय ५६ मत र मधेसी सचिवमा शीतलप्रसाद महतो ७ सय ४६ मत प्राप्त गरी निर्वाचिन भएका छन ।
यस्तै, दलित सचिवमा रेम विश्वकर्मा (७६७ मत), एशोशियट सचिवमा प्रकाश थापा(६६०मत), कोषाध्यक्षमा राजेश मिश्र (७७१मत) विजयी भएका छन । यसैगरी, लेखा समिति संयोजकमा रोशन पुरी (७९४ मत) र लेखा समिति सदस्यमा भुपेन्द्र आचार्य (८०४ मत)ं र मीरा राजभण्डारी (७२८ मत) विजयी भएका छन ।
प्रदेशमा प्रेस चौतारीका ५ जनाले जितेका छन् भने युनियनका ८ र प्रेस सेन्टरका ६ जना विजयी भएका छन् । प्रदेश नम्बर ७ को एक पदमा भने प्रेस सेन्टर र चौतारीका उम्मेदवारको बराबरी मत आएको छ । चौतारीका उत्तर विष्ट र सेन्टरका श्याम भट्टलाई ४५, ४५ मत प्राप्त भएको छ ।
मंगलबार विहान सार्वजनिक भएको परिणामअनुसार, प्रदेश १ बाट चौतारीका सटेन्द्र जबेगू र युनियनका उद्धव तिमिल्सना विजयी भएका छन । प्रदेश २ बाट सेन्टरका देवकुमार यादव र युनियनका शैलेन्द्र झा तथा प्रदेश ३ चौतारीका द्वारिका काफ्ले र कृष्ण गिरी विजयी भएका छन ।
यस्तै, प्रदेश ४ चौतारीका रामकृष्ण ज्ञवाली र सेन्टरका नवीन कुइकेल, प्रदेश नम्बर ५ सेन्टरका वसन्त गिरी र युनियनका पुरुषोत्तम सुवेदी, प्रदेश नम्बर ६ युनियनका कलेन्द्र सेजुवाल र सेन्टरका पुर्णप्रसाद चौलागाईं विजयी भएका छन ।
प्रदेश ७ मा युनियनका मीन बम विजयी भएका छन । अर्को पदमा चौतारीका विष्ट र सेन्टरका भट्टको मत बराबरी छ । यसैगरी, उपत्यकाबाट प्रेस सेन्टरका लेखनाथ न्यौपाने र प्रेस चौतारीका गोबिन्द चौलागाईं, प्रतिष्ठानतर्फ सेन्टरका टीकाराम प्रधान र युनियनका यम बिरही तथा एशोसिएटतर्फ युनियनका राधेश्याम दाहाल पवन अचार्य विजयी भएका छन ।
महासंघको १५ सय ६ जना पार्षद हिजो भएको मतदानमा १ हजार ४ सय ४९ मत खसेको थियो । पैँतालीस सदस्यीय कार्यसमिति र तीन लेखा समितिका सदस्यका लागि मतदान भएको हो ।
प्रतिक्रिया दिनुहोस्