Banner News

प्रधानमन्त्री कोषमाः ओलीले दिए बाढी पीडितलाई १ करोड रुपियाँ



 

काठमाडौं, ६ भदौ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसका बाढी पीडितहरुका लागि पार्टीको तर्फबाट प्रधानमन्त्री राहत कोषमा करिव १ करोड रुपैयाँ हस्तान्तरण गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मंगलवार प्रधानमन्त्री देउवालाई पार्टीको प्रतिनिधि मण्डलसहित भेट्न पुग्नुभएका ओलीले चेक हस्तान्तरण गर्नु भएको हो ।

ओलीले एमालेका सांसदहरुको तर्फबाट संकलन भएको ९९ लाख ७८ हजार ३ सय ९० रुपैयाँको चेक प्रधानमन्त्री देउवालाई हस्तान्तरण गर्नुभयो । एमालेले यसअघि नै उद्धार र राहतमा खटेका पार्टी कार्यकर्तालाई राहत सामग्री प्रदान गरेको थियो । तराईका १४ जिल्लामा एमालेका जनवर्गीय संगठनहरु राहत सामग्री र चिकित्सक सहित औषधी लिएर परिचालित भएका छन् ।