काठमाडौ,७ भदौ । राष्ट्रिय जनता पार्टी राजपा नेपाल स्थानिय चुनावमा सहभागि हुने भएको छ । राजपाले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालय बबरमहलमा बसेको पदाधिकारी बैठकले निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको हो ।
तर, निर्वाचनमा संविधान संसोधन मुद्दालाई आन्दोलनका रुपमा उठाउने पनि निचोड निकालेको छ । राजपाले संविधान संशोधन संसदमा निर्णयार्थ पेश भए फेल भएपनि निर्वाचनमा सहभागी हुने जनाएको थियो ।
संसदमा संशोधन फेल भएपनि पूर्व प्रतिबद्धताअनुसार तेस्रो चरणको निर्वाचनमा भाग लिने निर्णय गरिएको एक नेताले जानकारी दिए । नेताहरुको धारणापछि अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले निर्वाचनमा सहभागी हुने निर्णय स्वीकृति गरेका हुन् ।
ठाकुरको प्रस्तावको पहिलो बुँदा नै संविधान संशोधन असफल भएको अवस्थामा चुनावमा जाने कि नजाने भन्ने थियो । त्यसपछि उनले चुनावमा जाँदा चुनाव चिह्न के रोज्ने भन्ने प्रस्ताव राखे । प्राविधिक र कानूनी अडान देखाउँदै निर्वाचन आयोगले राजपालाई छाता चुनाव चिह्न दिन नसक्ने निर्णय दिइसकेको छ । विकल्पमा राजपाले एकिकृत हुनुअघि ६ राजनीतिक दलले लिएका मध्ये कुनै एक चुनाव चिन्ह रोज्ने पक्षमा पुगेको छ । तर, त्यहाँभित्रै पहिलाको आआफ्नो चिह्न कायम गर्न नेताहरुबीच होड छ ।
प्रतिक्रिया दिनुहोस्