सम्पादकीय

पाठेघर खसेकी महिलाको सेनाले गर्यो उद्धार



डोल्पा, ८ भदौ । पाठेघर खसेर थलापरेकी महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धारगरिएको छ । ठुलीभेरि नगरपालिका ११, की गिता कार्कीलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको भगवति दल गुल्मका मेजर सौगात सिम्खडाले जानकारी दिए । उनले भने बिरामी गिताको लागि १ घण्टा हेलिकप्टर रोकेर उपचारको लागि सुर्खेत लगेको बताए ।

गिता कार्कीको श्रमिान छैनन २ बर्ष पहिले यार्सागुम्बा टप्ने बेलामा लडेर उनको श्रीमानको मृत्यू भएको गिताका आफन्त रमेश कार्कीले बताए । २८ बर्षकै कलिलो उमेरमा बिधुवा भए पछि निःशुल्क सुर्खेत सम्म पठाएको स्थानीय ब्यापारी भानुप्रताप हमालले बताए ।

दैनिक उपभोग्य सामान र भवन निर्माणका सामाग्रीका लागि स्थानीय ब्यापारीहरुले नेपाली सेनाको हेलिकप्टर चार्टर गरेको ब्यापारी रबिन्द्र शाहीले जानकारी दिए । उनले भने उताबाट सामान आउँछ यताबाट यात्रु जाने भएकोले हेलिकप्टर चार्टर गरेको बताए ।

डोल्पाका स्थानीय ब्यापारीले गरेको चार्टर हेलिकप्टरमा क्षेत्रिय प्रशासक महेन्द्र प्रसाद गुराँगाइले दुनैमा रहेको कारागार र जिल्लाको निरीक्षण गरेरका छन । क्षेत्रिय प्रशासक गुराँगाइले जिल्ला कारागारको निरीक्षण जिल्ला सुरक्षा समितिसँग छलफल र जिल्लाको अवस्थाका बारेमा निरिक्षण तथा जानकारी लिएको प्रमुख जिल्ला अधिकारी केशबराज आचार्यले जानकारी दिए ।

ब्यापारीको सामान छोडेर प्रशासकलाई लिएर जाने तयारीमा रहेको बेलामा पाठेघरको समस्या भएकी गिताको खबर आएपछि स्थानिय ब्यापारीको अनुरोधमा क्षेत्रिय प्रशासक र नेपाली सेनाको टिमले बिरामीलाइ पर्खेको नेपाली सेनाले जानकारी दिएको छ । यातायातको कुनै पनि माध्याम नभएको बेलामा नेपाली सेनाले पाठेघर खस्ने समस्या भएकी एक्कल महिलाको उद्धार गरेकोमा डोल्पाली जनताले नेपाली सेनालाई धन्यबाद दिएका छन ।

मृत्यू कुर्नू भन्दा अर्को बिकल्प नभएको बेलामा नेपाली सेनाले बिरामीको उद्धार गरी दिएको र निःशुल्क बिरामी सुर्खेत सम्म ब्यापारीले पठाएको गिताका आफन्तले खुसी ब्यक्त गरेको छ । डोल्पा जिल्ला यातायातको नाका बन्दी भए पछि स्थानीय ब्यापारिद्धारा दैनिक उपभोग्य सामाग्रीहरु नेपाली सेनाको हेलिकप्टरमा महँगो भाडा तिरेर ल्याउने गरेका छन । राजधानीमा समाचार छ ।