Banner News

उपचारका लागि एमाले अध्यक्ष थाइल्याण्ड जाने



काठमाडौँ, ८ भदौ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य उपचार गराउनका लागि शुक्रबार थाइल्याण्ड जाने भएका छन् ।

थाइ एयरवेजको विमानबाट शुक्रबार दिउँसो १ बजे उनले नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डस्थित बैंकक जान लागेको अध्यक्ष ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए।

अध्यक्ष ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि त्यसतर्फ गइकिछन । यही भदौं १४ गते उनि स्वदेश फर्कने कार्यक्रम रहेको स्वकीय सचिव दाहालले बताए ।

नियमित स्वास्थ्य उपचारका लागि उनि ६/६ महिनामा बैंकक जाने गरेकाछन । यसअघि जेठमा उनि उपचारका लागि बैंकक गयकाथिए ।