सम्पादकीय

जिल्ला अस्पताल २७ महिनादेखि टेन्टमा



रसुवा, १२ भदौ । भुकम्पले भत्किएको जिल्ला अस्पताल समयमै पुनःनिर्माण हुन नसक्दा अझै टेन्टमा सञ्चालन भईरहेको छ ।  सदरमुकाम धुन्चेमा रहेको जिल्लाको एक मात्र अस्पताल २७ महिनादेखि टेन्टको भरमा छ । जिल्ला अस्पताल निर्माणको जिम्मेवारी पाएको नेपाल रेडक्रस सोसाईटीले समयमै काम गर्न नसक्दा अस्पताल पनुनिर्माण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

गत असार मसान्तमा नै अस्पताल निर्माण सकेर हस्तान्तरण गर्ने योजनाका साथ काम अघि बढाए पनि अहिलेसम्म आधा काम पनि हुन सकेको छैन । समयमै भवन निर्माण गर्न नसक्दा बिरामी तथा स्वास्थ्यकर्मी सास्ती खेप्न बाध्य भएका छन् । नागरिकमा समाचार छ ।