Banner News

एमालेको जनकपुर भेलामा आक्रमणः तराईलाई सधै अशान्त राख्ने डिजाइन



काठमाडौ१३,भदौ । जनकपुरमा मंगलबार भएको २ नम्बर प्रदेशस्तरीय विशेष भेलामा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले आक्रमण गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ ।

जनकपुरको रामानन्द र पिडारी चोकमा मंगलबार एमालेको २ नम्बर प्रदेशस्तरीय जनसंगठनको भेलालाई लक्षित गरी राजपाका कार्यकर्ताले ढुंगामुढा गरेपछि एमालेले कडा आपत्ति जनाएको हो ।

घटनापछि विज्ञप्ती जारी गर्दै एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टरार्इले शान्तिपूर्ण कार्यक्रममा भएको आक्रमणलाई प्रदेश नम्बर २ मा अशान्ति मच्चाउने र निर्वाचन हुन नदिने षडयन्त्रको संज्ञा दिनुभएको छ ।

‘पार्टीका वरिष्ठ नेता संलग्न कार्यक्रममा यथोचित शान्ति सुरक्षाको व्यवस्थापन गर्नुपर्ने संवेदनशीलताप्रति स्थानीय प्रशासन गम्भीर नहुनु आफैंमा दुःखद् कुरा हो । हाम्रो पार्टी यस्ता कुत्सित षड्यन्त्रप्रति सजग रहन प्रदेश नं। २ का आम जनसमुदायलाई आह्वान गर्दछु, सचिव भट्टरार्इले निकालेको विज्ञप्तीमा भनिएको छ, ुसाथै, नेकपा एमालेका कार्यक्रममाथि हुलहुज्जत गर्ने अराजक जत्थालाई नियन्त्रण गरी कारवाही गर्न माग गर्दछ ।’

विज्ञप्ति जस्ताको त्यस्तै

आज मिति २०७४ भदौ १३ गते नेकपा ९एमाले०सँग सम्वद्ध जनसंगठनहरुको प्रदेश नं। २ स्तरीय भेला धनुषा जिल्लाको जनकपुरमा चलिरहेको बेला केही उच्छृंखल व्यक्तिहरुले ढुंगामुढा गर्ने अभद्र व्यवहार प्रदर्शन गर्ने जस्ता घटना घटाएको प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित पार्टी सचिव गोकर्ण विष्टलगायत पार्टीका केन्द्रीय सदस्य, सांसदहरु र प्रदेश नं। २ का जनसंगठनहरुका अगुवाहरुको व्यापक उपस्थितिमा सञ्चालन भइरहेको संयमित र शान्तिपूर्ण कार्यक्रममाथि अराजक जत्थाले हुलहुज्जत गर्ने, प्रदेश नं। २ मा अशान्ति मच्चाउने र निर्वाचन सम्पन्न हुन नदिने षड्यन्त्रको रुपमा रहेको बुझ्न सकिन्छ ।
पार्टीका वरिष्ठ नेताहरु संलग्न कार्यक्रममा यथोचित शान्ति सुरक्षाको व्यवस्थापन गर्नुपर्ने संवेदनशीलताप्रति स्थानीय प्रशासन गम्भीर नहुनु आफैंमा दुःखद् कुरा हो । हाम्रो पार्टी यस्ता कुत्सित षड्यन्त्रप्रति सजग रहन प्रदेश नं। २ का आम जनसमुदायलाई आह्वान गर्दछ । साथै, आज नेकपा ९एमाले०को कार्यक्रममाथि हुलहुज्जत गर्ने अराजक जत्थालाई नियन्त्रण गरी कारवाही गर्न माग गर्दछ ।

निर्वाचनको संवेदनशीलतालाई ध्यान दिँदै जनतालाई भयरहित वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार सुनिश्चित गर्न नेपाल सरकार र स्थानीय प्रशासनसँग जोडदार माग गर्दछ । प्रतिकूलताका बाबजूद नेकपा ९एमाले०को कार्यक्रममा उपस्थित अपार जनसमुदायको उत्साहप्रति हाम्रो पार्टी गर्ब गर्दछ । साथै, सबैखाले अवरोधलाई चिर्दै उत्साह एकताका साथ प्रदेश नं। २ को स्थानीय तहको निर्वाचनमा नेकपा ९एमाले०लाई पहिलो पार्टीको रुपमा स्थापित गर्न पार्टीका सम्पूर्ण कार्यकर्ता र आम जनसमुदायलाई अपिल गर्दछ । निर्वाचन घोषणा भएर आचारसंहितासमेत लागू भई निर्वाचन सम्मुखमा आइसकेको बेलामा भएको यस्तो घटनाप्रति संवेदनशील हुन हाम्रो पार्टी निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गर्दछ ।

योगेश भट्टराई
प्रमुख