सप्तरी, १६ भदौ । खाँडो नदीको प्रकृतिक बहाब रोक्दै चार दशकअघि भारतले बनाएको बाँधले बर्सेनी सप्तरीको भुभाग डुबानमा पर्छ । अन्तराष्ट्रिय नियम तथा प्रावधानविपरित भारतले खाँडो नदी मोडेर दकगजा क्षेत्रमै बनाएको बाँधले तिलाठीलगायत दक्षिणी क्षेत्रका जनताको उठिबास हुने गरेको छ । तर नेपाल सरकार तथा यस क्षेत्रका जनप्रतिनिधिले यसबारे भारतीय पक्षसँग गम्भीरतापूर्वक बोल्न नसकेको स्थानीयको आरोप छ ।
‘सन् १९७४ देखि नै भारतीयले सप्तरीको रम्पुरादेखि तिलाठीसम्मको दक्षिणी सिमानामा पर्ने गरी झण्डै तीन किलोमिटर लामो तटबन्ध बनाउन थालेको हो’, स्थानीय देवनारायण यादवले भने, ‘दसगजा क्षेत्रमा रहेको भारतीय बाँधले साढे चार दशकभन्दा लामो समयदेखि हामी बर्सेनी डुबानमा पर्दै आएका छौं । यसबारे हाम्रा कुनै पनि जनप्रतिनिध वा नेताले आधिकारिक मञ्चमा आवाजसमेत उठाएको सुनिएको छैन । नागरिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्