काठमाडौं, १८ भदौ । मुग्लिन–नारायणगढ सडकखण्ड विस्तारको काम दशैंअघि नै सक्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिए पनि ठेकेदारले पालना नगरेपछि यात्रुले थप सास्ती पाउने भएका छन् । तीव्र गतिमा काम गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको एक महिना बितेको छ । तर, कामको गति भने तीब्र भएको छैन् ।
सड्क विस्तारको लागि अहिले राति ११ घन्टासम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ । तर, काम भने निकै सुस्त गतिमा भएको छ । आयोजनाका प्रमुख चन्द्रनारायण यादवले अहिलेसम्म जम्मा ५४ प्रतिशत काम सम्मपन्न भएको बताए । उनले आगामी चैत मसान्तसम्म काम सम्पन्न हुने जनाए । नयाँपत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्