काठमाडौं, १८ भदौ । नेपाली सेनाले काठमाडौं–तराई ९फास्ट ट्रयाम० निर्माणको कामलाई दोब्बर गतिमा अघि बढाउन १० स्थानमा शिविर राख्ने भएको छ । पाँच स्थानमा सैन्य शिविर राखिसकेको सेनाले त्यसलाई दोब्बर गर्न लागेको हो ।
‘फास्ट ट्रयाक’ निर्माणका लागि हजार सैनिक परिचालन गर्न लागेको सेनाले हरेक शिविरमा एक सयभन्दा बढी सैनिक राखी निर्माणको काम अघिबढाउन लागेको प्रवक्ता तथा सहायक रथी झंकरबहादुर कडायतले बताए ।
समथर क्षेत्रमा २५ मिटर (पिच हुने भाग) र उच्च पहाडी क्षेत्रमा २घ मिटर चौडाको हाइवे रहने फास्ट ट्रयाक चार लेनको हुनेछ । बीचमा फराकीलो डिभाइडर रहने छ । सरकारले लामो विवादपछि फास्ट ट्रयाक निर्माण जिम्मा सेनालाई दिएको हो । कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्