Banner News

जालझेल र गठबन्धनलाई चिर्दै एमाले प्रदेश नं २ मा पनि पहिलो शक्ति बन्ने छः मण्डल



काठमाडौ,२१ भदौ । नेकपा एमाले का स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर–२ का इञ्चार्ज सत्यनारायण मण्डलले प्रदेश नम्बर–२ को स्थानीय निर्वाचन नजिक–नजिक आउँदै गर्दा जालझेल र गुण्डागर्दीको राजनीति सुरु भएको आरोप लगाएका छन् ।

उनले जालझेलको राजनीतिलाई तोड्दै एमाले पहिलो शक्ति बन्ने पनि दाबी गरे । ‘अहिले कांग्रेस र माओवादीले प्रदेश नम्बर–२ को निर्वाचन मिति नजिक–नजिक आउँदै गर्दा जालझेल र गुण्डागर्दीको राजनीति सुरु गरेका छन्,’ उनले भने, ‘त्यस्तो जालझेलको राजनीतिलाई तोड्दै एमाले पहिलो पार्टी बन्छ ।’

उनले प्रदेश नम्बर–२ का जनताको प्रेम र सद्भाव एमालेप्रति रहेको पनि दाबी गरे । ‘जनताको प्रेम र सद्भाव एमालेप्रति छ,’ उनले भने, ‘हामी जनताको प्रेम र सद्भावकै कारण निर्वाचन जित्छौँ । हाम्रो संगठन पनि प्रदेश नम्बर–२ मा निकै राम्रो छ ।’

उनले प्रदेश नम्बर–२ को निर्वाचन नेपालको भविष्य र स्वाधिनतासँग पनि जोडिएको उनले दावी गरे । ‘राष्ट्र भन्दा माथि कुनै पनि दल हुँदैन,’ उनले भने, ‘नेपालको भविष्य र स्वाधिनता जोगाइराख्न पनि प्रदेश नम्बर–२ मा एमालेले जित्नुपर्छ ।