Banner News

वीरगन्ज महानगरपालिकामा एमालेको पक्षमा महौल तात्दै



काठमाडौ,२२भदौ । स्थानीय तहको तेस्रो चरणका असोज २ गते हुने प्रदेश नम्बर २ का ८ वटै जिल्लाका १३६ वटै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता उत्साहपूर्ण सम्पन्न भएकोछ ।

हिजोपर्साको वीरगञ्ज महानगरपालिकामा एमालेका मेयर उम्मेदवार बसरुद्दिन अन्सारीसहित उपमेयर, वडाध्यक्ष र सबै सदस्यको उम्मेदवार मनोनयन दर्ता गरे ।
हिजो उम्मेदवारी दर्ताका क्रममा वीरगञ्जमा निकालिएको जुलुस हेर्दा एमालेको माहोल बढिरहेको देखिन्थ्यो । ‘प्रदेश नम्बर दुईको एक मात्र महानगरपालिका र त्यसमा पनि मधेसवादी दलको अखडाको रुपमा परिचित वीरगञ्जमा एमालेको पक्षमा देखिएको जनसागरले जित हाम्रै पक्षमा आउछ भन्ने निश्चित भएको छ,’ वीरगञ्जमा खटिएका युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारीले भने ।
एमालेले वीरगञ्जमा युवा संघका अध्यक्ष पहारीसहित केन्द्रीयस्तरका थुप्रै नेता खटाएको छ ।