धनुषा, २३ भदौ । धनुषामा पार्टीले आधिकारिक उम्मेदवार नबनाएपछि कांग्रेस, एमाले, राजपा र माओवादी केन्द्रका दर्जनभन्दा बढी नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जनकनन्दनी गाउँपालिका अध्यक्षमा कांग्रेस संगठित सदस्य सुनील मण्डलले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका छन् ।
माओवादी केन्द्रका रामदिनेश पजियारले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कमला नगरपालिकामा माओवादी केन्द्रका कुलदीप मोरवैता यादव तथा मिथिलाबिहारी नगरपालिकामा मओवादी केन्द्रकै रामबाबु साहले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।
मुखियापट्टी मुरनिया गाउँपालिका कांग्रेसका विश्वनाथ यादवले उम्मेदवारी दिएका छन् । हंसपुर नगरपालिकामा एमालेका सूर्या कापरले र कांग्रेसका भरोसी मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
जनकपुर उपमहानगरका २५ मध्ये ५ वडामा एमाले पार्टी सम्बद्ध नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएको बताए । कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्