काठमाडौं, २४ भदौ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य क्षेत्रका भवन निर्माणको ठेक्का लिएका २४ वटा निर्माण कम्पनी बीचमै काम छाडेर भागेका छन् । यसरी भाग्नेमा पूर्वमन्त्री विक्रम पाण्डे सञ्चालक रहेको कम्पनी पनि रहेको छ ।
यी कम्पनीले ३० वटा भवन निर्माणको ठेक्का लिएका थिए । एक सय ३० रुग्ण आयोजनामध्ये ३० वटा आयोजनाका ठेकेदार भागेका हुन् । विभागअन्तर्गत देशभर ३५ वटा डिभिजन कार्यालय छन् । तर ती कार्यालयको नेतृत्व गरेका कर्मचारीको फितलो अनुगमन र व्यवस्थापनले कुनै पनि आयोजना समयमै सकिएका छैनन् ।
एक वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने यी भवन निर्माणको काम अहिलेसम्म सकिएको छैन । नौं वर्षपहिलेका सम्झौता अहिलेसम्म पनि कार्यान्वयन भएको छैन । १३० कम्पनीले ०६५ देखि ०६९ बीचमा एक वर्षमा निर्माण सम्पन्न गर्ने ठेक्का लिएका थिए । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्