काठमाडौं, २५ भदौ । काठमाडौं उपत्यकामा थुप्रिएर रहेको फोहोर आजबाट उठ्ने भएको छ ।
उपत्यकाको फोहर फालिँदै आएको ओखरपौवाका बासिन्दाले अवरोध गरेका कारण गत सातादेखि उपत्यकाको फोहोर उठ्न नसकेको हो ।
शनिबार काठमाडौं महानगरपालिका र स्थानीय बासिन्दाबीच नयाँ समझदारी भएपछि फोहोर उठ्ने भएको महानगरपालिकाले जानकारी दिएको छ ।
ओखरपौवाका बासिन्दाले प्रभावित क्षेत्रका आवासलाई दिँदै आएको मुआब्जाको दूरी सीमा घटाएको विरोधमा उनीहरुले फोहोर फाल्न अवरोध गरेका थिए ।
महानगरले आवास प्रभावितलाई प्रतिस्क्वायर मिटर बार्षिक ५० रुपैयाँ दिँदै आएकोमा नयाँ आर्थिक बर्षदेखि उक्त रकम घटाएको कारण स्थानीयले विरोधस्वरुप फेहोर फाल्न अवरोध गरेको जनाइएको छ । समाचारपत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्