Banner News

देउवा मन्त्री थप्दैः राप्रपा सरकारमा सहभागी, बोहोरा, पाण्डे र थापा मन्त्री



काठमाडौ,२५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीप्रजातान्त्रिक वर्तमान सरकारमा सहभागी भएको छ । पार्टी अध्यक्ष पशुपति शम्सेर जंग बहादुर राणाले आईतबार मन्त्री र राज्य मन्त्रीहरुको नाम प्रधानमन्त्री कार्यालयमा पेश गरेका छन् पार्टी सरकारमा सहभागी भएको प्रधानमन्त्री कार्यालयले जनाएको जानकारी दिएको पार्टीका नेता किरण गिरीले जनाएका छन् ।

राप्रपा –प्रजातान्त्रिकको तर्फबाट पाध्यक्ष दिपक बोहरा मन्त्री विज्ञान तथा प्रविधि, उपाध्यक्ष विक्रम पाण्डे मन्त्री वन, महामन्त्री सुनिल बहादुर थापा मन्त्री उद्योग र महामन्त्री मा रेशम लामा राज्यमन्त्री उद्योग रहेका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ सोमबार विहान ११ बजेका लागि तय गरिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ ।

राप्रपा अध्यक्ष पशुपतिशम्सेर राणाले संविधानको कार्यान्वयन तेस्रो चरणको स्थानिय निर्वाचनको सफल कार्यान्वयन र आगामी संघीय संसद र प्रदेश सभाको निर्वाचनलाई सफल र सार्थक रुपमा कार्यान्वयन गराउन राप्रपा प्रजातान्त्रिक सरकारमा सहभागी भएको कुरा बताएका छन्। पार्टी स्रोतले दिएको जानकारी अनुसार अन्य केहि राज्य मन्त्री पनि सरकारमा पठाउने तयारी भएको छ।